काठमाडौं । कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा अग्रणी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई-पर्फर्मेन्स सोलुसन्स प्रदान गर्दछ।
नेपालले आफ्नो राष्ट्रिय दिगोपन लक्ष्यहरूको एक हिस्साको रूपमा विद्युतीय सवारी साधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम रहेको बताइएको छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
फोटोन माउन्टेन ईभी सार्वजनिक कार्यक्रममा बोल्दै, फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए। उनले भने, “विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ। फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीप्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ। नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएकोयो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुशनस्थापित गर्दछ।”
शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ।
यातायातका लागि उच्चस्तरीय समाधानहरूको विकास गर्न र ती साधनहरू उपलब्ध गराउन क्रियाशील एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता हो। कम्पनी फोटोन सवारी साधनहरूको अधिकृत वितरक हो, जो ग्राहक सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता र कार्यसम्पादनमा गर्व गर्दछ।
Comments are closed.