एमएडब्लु वृद्धिले दाङमा टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प गर्ने

काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

उक्त क्याम्प पुस १९ देखि २१ गतेसम्म राप्ती अटोमार्ट प्रा. लि. मा आयोजना हुने बताइएको छ , जुन दाङ्ग क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरक पनि हुनेछ। यस टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्पमार्फत ग्राहकले आकर्षक आर्थिक सुविधा तथा एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधनतर्फ रूपान्तरण हुने उत्कृष्ट अवसर पाउनेछन्।

टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प दुई महत्वपूर्ण अवसरको उपलक्ष्यमा आयोजना गरिएको हो : दाङमा नयाँ, स्टेट-अफ-दि-आर्ट डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित नामी भिगोको आधिकारिक सार्वजनिक पनि हुनेछ ।

इलेक्ट्रिक सवारी साधनको स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन एमएडब्लु वृद्धिले यस कार्यक्रम अवधिमा विशेष लाभहरूको प्याकेज प्रस्तुत गरेको छ। ग्राहकले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। यससँगै चार्जिङ सुविधा (७ किलोवाट क्षमताको द्रुत चार्जर तथा ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर) र निःशुल्क अटो प्लस बीमा पनि प्रदान गरिने कम्पनीले जनाएको छ। उच्चस्तरीय इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेसमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभहरू उपलब्ध गराइनेछ। सबै मोडेलमा पुराना सवारी साधनको उत्तम मूल्याङ्कन सुनिश्चित गरिनेछ भने परीक्षण सवारी लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

दाङ्गमा सञ्चालनमा आएको नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री केन्द्रका रूपमा सेवा प्रदान गर्नेछ। दाङका ग्राहकलाई यी इलेक्ट्रिक सवारी साधनको उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्न तथा सीमित अवधिका विशेष अफरहरूको लाभ लिन एमएडब्लु वृद्धिले आमन्त्रण गरेको छ।

 

 

You might also like

Comments are closed.