काठमाडौं । नेपालमा विश्वप्रसिद्ध Maxus ब्रान्डको एकमात्र आधिकारिक वितरक तथा हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोटर्स प्रालि (Himalaya Motrox Pvt. Ltd) ले दसैंको अवसरमा ‘दसैंको उमंग, म्याक्सस सँग’ विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ।
अटोमोबाइल बजार दिगो विलासिता र बलियो कार्यक्षमतातर्फ उन्मुख भइरहेको बेला, विश्वव्यापी अटोमोबाइल पावरहाउस साइक ग्रुप (SAIC Group) अन्तर्गतको Maxus ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टलाई नयाँ तरिकाले परिभाषित गरेको छ। इ–टेरोन ९ कम्फर्ट र इ–टेरोन ९ प्रिमियम गरी दुई उत्कृष्ट भेरियन्टमा उपलब्ध यो सवारीसाधनले कार जस्तै आराम, एसयूभी स्तरको भव्यता र शक्तिशाली अफ-रोड क्षमतालाई संयोजन गर्दै पिकअप गाडीको उपयोगितालाई नयाँ परिभाषा दिएको छ।
नेपाली ग्राहकका लागि यो चाडपर्वलाई अझ बढी फलदायी र सहज बनाउन हिमालय मोटर्सले उत्कृष्ट प्रवर्द्धनात्मक अफर ल्याएको छ ।
अफरकम १ वर्ष निःशुल्क चार्जिङ (1 Year Free Charging ) यस अभियान अवधिमा इ–टेरोन ९ खरिद गर्ने ग्राहकले १ वर्षभरि निःशुल्क चार्जिङको आनन्द लिन सक्नेछन्। हिमालय मोटर्सले पूरा एक वर्षको लागि चार्जिङ खर्च व्यहोर्नेछ, जसले सञ्चालन लागतलाई उल्लेखनीय रूपमा कम गर्नेछ।
आकर्षक फाइनान्सिङ सुविधा रहेको अफरमा जम्मा २०५ डाउन पेमेन्ट सुविधासहित प्रिमियम इलेक्ट्रिक पिकअपको स्वामित्व लिनु अब अझ सहज भएको छ। साथै ग्राहकले सजिलो फाइनान्सिङ सुविधासहित ७ वर्षसम्मको इएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। यस्तो फाइनान्सिङ सुविधा कम्पनीको काठमाडौं, हात्तीसारमा रहेको शोरूमबाटै प्राप्त गर्न सक्नेछन्।
म्याक्सस इ–टेरोन ९ नेपालको सबै प्रकारका भूभागका लागि उपयुक्त रहेको छ। एउटा अफरोड पिकअप भएर पनि यस गाडीमा कारको जस्तो लक्जरी सुविधा, एयर सस्पेन्सनसहितको एसयूभी पर्फमेन्स पाउन सकिन्छ।
गाडीमा फोर-ह्विल ड्राइभसहितको अल-ह्विल ड्राइभ भएकाले नेपालको सबै सडक परिस्थितिहरूमा उत्कृष्ट ट्र्याक्सन, स्थिरता र ह्यान्डलिङ प्रदान गर्दछ। सेग्मेन्टमै उच्च क्षमताको १०२।२ किलोवाट आवर ब्याट्री भएकाले लामो यात्रा र निरन्तर पावर डेलिभरीका लागि उपयुक्त रहेको छ।
एकै चार्जमा ५६० किमीसम्मको रेन्ज दिने भएकाले शहर र राजमार्ग दुवै स्थानमा रेन्ज एन्जाइटी (दूरीको चिन्ता) लाई हटाउँछ। सजिलै उकालो चढ्नका लागि ७०० एनएम टर्कले गर्दा शक्तिशाली एक्सेलेरेसन प्रदान गर्दछ।
म्याक्सस् पिकअपमा ब्याट्रीमा ८ वर्षसम्म वा २ लाख किमि तथा मोटरमा ५ वर्ष वा १ लाख ६० हजार किमिसम्मको वारेन्टी रहेको छ। यो स्किम अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले १ वर्षको अटोप्लस बिमा तथा १ आर्थिक वर्षको कर समेत गाडी खरिद गर्ने मूल्यमा नै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
दसैं योजनाको शुभारम्भबारे बोल्दै हिमालय मोटर्सका शोरूम म्यानेजर सुजन श्रेष्ठले भने, “दसैं खुसीसँगै नयाँ सुरुवात गरी परिवारसँग मनाउने चाड हो। हामी बजारमै सबैभन्दा प्रतिस्पर्धी स्वामित्व योजना प्रस्तुत गरेर यो खुसी हाम्रा ग्राहकहरूसँग बाँड्न चाहन्छौं।म्याक्सस इ–टेरोन ९ मार्फत हामीले एक वर्षको निःशुल्क चार्जिङ र झन्झटरहित फाइनान्सिङसहित अतुलनीय पावर, विलासिता र मानसिक शान्ति प्रदान गरिरहेका छौं।”
सम्भावित ग्राहकलेम्याक्सस इ–टेरोन ९ को एसयूभी जस्तो आराम र पूर्ण सुविधाहरू प्रत्यक्ष अनुभव गर्न हिमालय मोटर्सका आधिकारिक शोरूमको भ्रमण गर्न सक्नेछन्। विस्तृत नियम, सर्तहरू र योजनाका विवरणहरू सबै आधिकारिक आउटलेटहरूमा उपलब्ध छन्।
अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन भित्र्याउन प्रतिबद्ध हिमालय मोटर्सले भरपर्दो आफ्टर(सेल्स सर्भिस र ग्राहक सहयोगको साथमा -SAIC Group का विश्वस्तरीय विद्युतीय सवारीसाधन नेपाली बजारमा ल्याएको छ।





Comments are closed.