३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’

मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको प्रवन्ध निर्देशक सौरब थापाले बताएका छन ।

यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।

‘म्याक्सस इ-टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।

नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ।

किन मनाङमा गरियो सार्वजनिक ?

हिमालय मोट्रक्सले म्याक्सस इ-टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो । कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।

म्याक्सस इ-टेरोन ९,नवप्रवर्तन र शक्तिसँगको समायोजन:

शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।

शक्ति र प्रदर्शनः

– डुअल मोटर 4WD (अगाडिः १२५ kW । पछाडिः २०० kW)

– ७०० Nm टर्क

– ०–१०० km/h केवल ५.८ सेकेन्डमा

– उच्चतम गतिः १९० km/h

ब्याट्री र रेन्ज:

– १०२.२ kWh LFP ब्याट्री

– अधिकतम दायराः ५६० किमी (NEDC)

– फास्ट चार्जिङः २०–८०% केवल ४२ मिनेटमा

–  ८ बर्ष वा २ लाख किमि वारेन्टी

अफरोड क्षमताः

– २६० mm ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सन सहित)

– सबै भू–भागका लागि ड्राइभ मोडहरू

इन्टेरियर र लक्जरीः

– हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू–टोन लेदर सिट (मेमोरी सहित)

– डुअल १२.३” डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ले

– वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल

– प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ

सुरक्षालाई प्राथमिकता

– यूरो NCAP ५–स्टार रेटिङ

– २०+ आधुनिक सुरक्षा फिचरहरु

– ९ एयरब्याग

– ३६० डिग्रि सराउन्डिङ क्यामेरा

– अडाप्टिभ क्रुज कन्ट्रोल

– लेन कीप असिस्ट

– AEB, BSM, RCTA, TPMS, अटो होल्ड आदि

–  मूल्य(प्रथम चरणमा बुकिङ गर्नेहरुको लागि मात्र): रु. ९९,९९,०००/-

हिमालय मट्रक्स प्रा.लि.

हिमालय मोट्रक्स प्रा.लि., हिमालय अर्गनाइजेसन अन्तर्गतको संस्था हो । जसले SAIC मोटर कर्पोरेशन अन्तर्गतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड Maxus का सवारीहरू नेपालमा आयात तथा वितरण गर्छ । विश्वका ७० भन्दा बढी मुलुकहरूमा सञ्चालन हुने Maxus ले उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा विशिष्टता बनाएको छ ।

हिमालय अर्गनाइजेसन

हिमालय अर्गनाइजेसन नेपालकै अग्रणी व्यावसायिक समूह हो । सन् १९९१ मा स्थापित यो समूहले सम्मानित र बहु–आयामिक व्यावसायिक पहिचान बनाएको छ । २०० भन्दा बढी कर्मचारी र २२+ शाखा÷डिलर नेटवर्कसहित यो समूहले अटोमोबाइल्स, हस्पिटालिटी, रियल स्टेट तथा हाउजिङ, बैंक तथा वित्तीय सेवा, कृषि लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ ।

Force Motors India को नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसनले नेपालभर बलियो व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

 

You might also like

Comments are closed.