काठमाडौं । भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो मा ‘म्याक्सस मिफा एण्ड एमपीभी’ विद्युतीय कार सार्वजनिक गरिएको छ ।
चाइनाको प्रख्यात एसएआइसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा पहिचान बनेको छ ।
केही समयअघि यही म्याक्सस ब्रान्डकै इटेरोन ९ विद्युतीय लक्जरी फोरह्विल पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको
थियो । सात सिट क्षमताको यो लक्जरी एमपिभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो ।
हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो । जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । यो मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ ।
साथै नाइममा अटो एक्स्पो भरि मिफा ७ बुक गर्ने ग्राहकलाई १० लाख रुपैयाँ र इटेरोन ९ पिकअप बुक गर्ने ग्राहकलाई ५ लाख नगद छुट लगायत अन्य विशेष अफरहरू प्रदान गरिने अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले जानकारी दिए । ७ सिटर मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ र इटेरोन ९ डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स उपलब्ध छन् ।
साथै यो गाडीले युरो एक्याप, सिक्याप, ए एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । यो गाडीको ९० किलोवाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको उच्चतम दूरी (डब्लुएलटीपी) तय गर्ने क्षमता राख्दछ । प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई–परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत गाडीको विशेषता छ ।
८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो मिफा ७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यावसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । ‘यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो,’ थापाले भने ।
Comments are closed.