काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालय अर्गनाइजेसन अन्तर्गत SAIC MAXUS Automotive Co. Ltd. चाइनासँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै ७० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त घोषित रकम मध्य रु. ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । जसले नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनस्र्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पु¥याउनेछ भने बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको जनाइएको छ ।

राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिनेछ विज्ञप्तिमा उल्लेख छ ।






Comments are closed.