माया ब्रिटिस एजुकेसनमा अँग्रेजी नयाँ वर्षको अफर

पोखरा । माया ब्रिटिस एजुकेसन सिद्धार्थचोेक पोखराले अँग्रेजी नयाँ वर्षको अवसरमा अफर ल्याएको छ । पहिलो १० जना विद्यार्थीलाई स्क्र्याच कुपनका आधारमा विशेष छुट दिने गरी अफर ल्याइएको प्रशासनिक प्रमुख रोहनजंग कार्कीले जानकारी दिए ।

१० जना मध्य भाग्यमानी एक जनाले ल्यापटप उपहार प्राप्त गर्नेछन् । अन्यले ५ देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने कार्कीले जानकारी दिए । आज बुधबारदेखि जनवरी १५ सम्म यो अफर लागु हुनेछ ।

पहिलो ब्याचको कक्षा सञ्चालन भइरहेको र जनवरीमा दोस्रो ब्याचको कक्षा सञ्चालन हुने कार्कीले जानकारी दिए ।

माया ब्रिटिस एजुकेसनले शैक्षिक गतिविधिका साथै सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध गतिविधि गर्दै आएको छ ।

You might also like

Comments are closed.