मुक्तिनाथ विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रति सेयर रु. १००/– का दरले रु. १ अर्ब बराबरको मुक्तिनाथ ८ं.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

यसै सभाबाट आ.व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका शुरुका ३० जना संस्थापक सेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनीहरु तथा संचालक सदस्यहरुलाई सम्मान गरिएको छ । विशेष प्रस्तावको रुपमा रहेको काठमाडौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बंैकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाडौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन् ।

साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप प्रष्ट पारेका थिए ।

 

lcci
You might also like

Comments are closed.