काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.का एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेल ले दुृई जनाको लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् ।
यस वर्षको दसैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् ।
साथै बैंकले हालै जारी ग्लोवल मनि विक अन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।
Comments are closed.