मुक्तिनाथ बैंकद्वारा बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत रु १० लाख हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिठेडले सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्थाई ठेगाना कोहलपुर न.पा. ११ को स्व. जय प्रकाश घर्ति को परिवारलाई बीमा दाबी भुक्तानी वापत रु १० लाख उपलब्ध गराएको छ । निजले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोले कारण उनको परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले २०८० साल बैशाख १३ गते बुधबारका दिन कोहलपुर न.पा. ११ कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रु १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको बैंका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु , पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.