वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

 

काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । साउन ५ गते बाट संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले समुद्घाटन गरेका थिए ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङजा जिल्लाको वालिङमा सुरु गरेको उक्त काउण्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ सेवा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...