शाखा विस्तारमा आक्रामक बन्दै मेगा बैंक, एकैदिन ५ वटा नयाँ शाखा सञ्चालन

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु बिस्तार गरेको छ । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ ।

अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालय छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।

jutta mela

You might also like

Comments are closed.