मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

MANASLU

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...