काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएका परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि मेगा मोटर्स प्रा.लि.ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मार्फत उपलब्ध गराएको छ । बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मेगा मोटर्सले विपद्मा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
‘साथ छौँ, हातेमालो गरौँ, आशा जगाऔ’ सन्देशका साथ कम्पनीले कठिन घडीमा प्रभावित सम्पूर्ण समुदायप्रति आफ्नो सहयोग, साथ र ऐक्यबद्धता निरन्तर रहने स्पष्ट पारेको छ ।




Comments are closed.