काठमाडौं । कोरोना महामारीलाई लक्षित गरी मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ अफर ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप बैंकले ‘डिजिटल दक्षिणा’ अफर ल्याएको बताएको हो ।
अफर अन्तर्गत दक्षिणा दिनेले पनि ३०० रुपैयाँ पाउने छन् । त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको ३ वटा खातामा दक्षिणास्वरुप रकम पठाउनुपर्ने छ । दक्षिणाबापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था गरिएको बैंकले बताएको छ ।
तर, रकम पठाउँदा विवरण (रिमार्कस) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५०० रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।
Comments are closed.