काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल मनोनित भएका छन् ।
मेघराज पौडेल नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक हुन् । यातायात तथा पारवहन क्षेत्रमा उनले पुर्याएको दीर्घकालीन योगदान, व्यावसायिक दूरदर्शिता र कुशल नेतृत्वले यस क्षेत्रको नीतिगत सुधार, सुदृढीकरण र समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पौडेललाई मनोनित गरेका हुन् ।





Comments are closed.