वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा भुर्तेल विजयी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा मेघनाथ भुर्तेल विजयी भएका छन् । यही माघ ६ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संघको २९औं साधारणसभा अन्तर्गत निर्वाचन भएको थियो ।

निलकमल ग्रुप अफ कम्पनीका अध्यक्षसमेत रहेका भुर्तेल बिगत १६ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा आबद्ध छन् । आफूलाई महासचिवमा विजयी गराउने सम्पूर्ण मतदाताप्रति उनले आभार व्यक्त गरेका छन् ।

निबर्तमान सचिवसमेत रहेका उनले समय सापेक्ष ऐन संशोधनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सय जनालाई विदेश पठाउनै पर्ने बाध्यकारी ऐन नियम हटाउन पहल गर्ने, व्यावसायिक भलाई कल्याणकारी कोषलाई पूर्णता दिने, संघको निजी भवन बनाउन पहल गर्ने, दुताबासमार्फत प्रमाणीकरणलाई सहजीकरण गर्ने लगायतका प्रतिबद्धता उनले गरेका छन् ।

संंघको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन् ।

You might also like

Comments are closed.