काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित १८ सांसदहरूले सोमबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई शपथ दिलाएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यहरूको निर्वाचन हुने प्रावधानअनुसार, यही फागुन २० मा १९ जना सांसदको कार्यकाल सकिएको थियो ।
रिक्त एक सिट राष्ट्रपतिको सिफारिसमा सरकारबाट मनोनीत हुने व्यवस्था रहेकोले १८ सांसद चयन गर्न माघ ११ गते निर्वाचन भएको थियो ।निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे, सोम पोर्तेल; मधेस प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण, रेखा झा; बागमती प्रदेशबाट गीता देवकोटा, डा। प्रेम दंगाल; गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, सम्झना देवकोटा; लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली, चन्द्रबहादुर केसी; कर्णाली प्रदेशबाट ललितजंग शाही, मीना रखाल; र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती, लीला भण्डारी निर्वाचित भएका थिए ।




Comments are closed.