काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले Vatsalya Natural IVF Pvt. Ltd. सँग नयाँ सहकार्यको घोषणा गरेको छ । वान बाई मेटलाइफ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत अब बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले प्रतिष्ठित फर्टिलिटी सेवा प्रदायकमा विशेष दरमा सेवा लिन सक्नेछन् ।
विश्वसनीय र किफायती उपचारमा पहुँच फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारहरूका लागि महत्वपूर्ण हुने बताइएको छ । नेपालमा अझै पनि लागत, सामाजिक संकोच वा पर्याप्त जानकारीको अभावका कारण धेरै व्यक्तिहरू फर्टिलिटी स्वास्थ्यसम्बन्धी सहयोग लिन हिच्किचाउने अवस्था रहेको छ। वात्सल्यसँगको सहकार्यले यस्ता अवरोधहरू कम गर्दै ग्राहकहरूलाई विशेषज्ञ सेवातर्फ सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
मेटलाइफको डिजिटल लाइफ कार्डले ग्राहकहरूलाई सहज र सरल अनुभव उपलब्ध गराउनेछ। वान बाई मेटलाइफमा दर्ता गरेपछि कार्डधारकहरूले वात्सल्यका क्लिनिकहरूमा कार्ड देखाएर प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, पूर्ण आईभीएफ प्याकेजमा २० हजार रुपैयाँसम्म स्थिर छुट तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यसले फर्टिलिटी स्वास्थ्य सेवा थप किफायती र पहुँचयोग्य बनाउन सहयोग पुर्याउनेछ ।
यस सहकार्यलाई ग्राहक–केन्द्रित पहलका रूपमा प्रस्तुत गर्दै मेटलाइफ नेपाल र वात्सल्यले परिवारहरूको जीवनका महत्वपूर्ण तथा कहिलेकाहीँ चुनौतीपूर्ण क्षणहरूमा साथ दिने साझा प्रतिबद्धता दोहोर्याएका छन्। मेटलाइफको ग्राहक–केन्द्रित दृष्टिकोण र वात्सल्यको फर्टिलिटी उपचार सम्बन्धी विशेषज्ञतालाई एकसाथ ल्याउँदै यो सहकार्यले अभिभावकत्वको यात्रा तय गरिरहेका व्यक्तिहरूलाई आशा र भरोसा प्रदान गर्ने विश्वास गरिएको छ ।
कम्पनीका अनुसार मेटलाइफ विश्वव्यापी वित्तीय सेवा प्रदायकमध्ये एक हो। MetLife सन् १८६८ मा स्थापित भई बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापनका सेवा प्रदान गर्दै विश्वका ४० भन्दा बढी बजारमा सञ्चालनमा रहेको छ ।
नेपालमा मेटलाइफ, American Life Insurance Company को शाखाका रूपमा सन् २००१ देखि सञ्चालनमा छ । कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ ।
वात्सल्य प्राकृतिक आईभीएफ नेपालका अग्रणी प्रजनन हेरचाह केन्द्रमध्ये एक मानिन्छ। १५ वर्षभन्दा बढी अनुभवसहित यसले आईभीएफ, प्रजनन संरक्षण तथा प्रसवपूर्व हेरचाह लगायत सेवाहरू प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि र विशेषज्ञ टोलीको सहायताले वात्सल्यले बाँझोपनको संवेदनशील यात्रामा रहेका व्यक्ति तथा जोडीहरूका लागि दयालु र विश्वसनीय साझेदारका रूपमा आफूलाई स्थापित गरेको जनाएको छ ।






Comments are closed.