एमजी४ इभीमा कोरला यात्रा, ४४६० मिटर उचाईमा एमजीको उत्कृष्ट पर्फमेन्स

काठमाडौं । इलेक्ट्रिक कार एमजी४ ले अपर मुस्ताङको कोरला नाका पाससम्मको यात्रा गरेको छ । धीरेनमान श्रेष्ठ नेतृत्वको टोलीले समुद्री सतहबाट ४ हजार ४६० मिटर उचाईमा रहेको उक्त नाकासम्मको यात्रा एमजी४ बाट सहजै पार गरेका हुन् । कोरला नाकासम्मको यात्रा पार गरेर एमजी४ को पर्फमेन्स प्रमाणित भएको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोर्टसले जनाएको छ ।

‘उत्कृष्ट पावर र पर्फमेन्सका कारण एमजी४ लाई सहजै उक्त कठिन भुगोलसम्म पुर्याउन सफल भयौं,’ यात्रा पछि श्रेष्ठले आफ्नो अनुभव सुनाए, ‘यो कारमा भएको ५ लिंक रियर इन्डिपेन्डेन्ट सस्पेन्सन, रियर ह्विल ड्राइभ र रोवस्ट सस्पेन्सन सिस्टमका कारण अफरोडमा समेत सहजै यात्रा गर्न सकिन्छ । ब्याट्री क्षमता, रिजेनेरिटिभ ब्रेकिङ सिस्टम र उत्कृष्ट स्पिडका कारण अपर मुस्ताङ जस्तो कठिन भुगोलसम्म यात्रा गर्न सहज भयो’ उनले भने ।

अपर मुस्ताङको उक्त उचाइमा पुग्न सक्नुले एमजी४ आँफैमा एक मजवुत ईभी रहेको प्रमाणित गर्ने पारमाउन्टले जनाएको छ । ‘एमजी४ को यो सफलता आफैमा एक माइलस्टोन हो र यो कार नेपालको जस्तोसुकै भुगोलमा सहजै पुग्न सक्छ भन्ने ज्वलन्त उदाहरण पनि हो,’ कम्पनीको दावी छ ।

२ वर्षअघि लन्च भएको यो कारले अन्तर्राष्ट्रिय बजारमा विभिन्न अवार्ड पाएको छ । एमजी४ ले ‘ओभरअल टप कार अफ २०२४’, ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ दि इयर २०२३’ र ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२२’ लगायत अवार्ड पाएको हो ।

नेपाली बजारमा यो कार ५१ किलोवाट आवर र ६४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । ९९ किलोवाट क्षमताका मोटर जडित कारको पावर १३५ पिएस तथा टर्क २५० एनएम छ भने ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ । यसका कम्फर्ट भेरियन्टले सिंगल चार्जमा ३५० किलोमिटर र लक्जरी भेरिएन्टले ४५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कारको मूल्य ४१ लाख ४९ हजार र ५० लाख निर्धारण गरिएको छ ।

You might also like

Comments are closed.