काठमाडौं । नेपालमा एमजी ब्राण्डको विद्युतीय सवारी साधान बिक्री वितरण गर्दै आइरहेको पारामाउन्ट मोटर्सले ‘विन्टर एक्स्चेन्ज कार्निभल’ आयोजना गरेको छ । शुक्रबार सुरु भएको कानिर्भल आइतबारसम्म जारी रहने कम्पनीले जनाएको छ ।
सिल्भर वेक बालुवाटारमा शुक्रबार कार्निभल सुरु भयो । पहिलो दिन कार्निभलमा टेष्ट ड्राइभ गर्नेहरुको उत्साहजनक उपस्थिति रहेको बताइएको छ । पुरानो जुनसुकै ब्राण्डको गाडी एक्स्चेन्ज गरी नयाँ विद्युतीय एमजी खरिद गर्न सकिनेछ । एमजी खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
नेपालमा उपलब्ध एमजीका सबै भेरियन्टमा उत्कृष्ट एक्सचेञ्ज मूल्याङ्कन गरिने पनि कम्पनीले जनाएको छ ।अन-द-स्पट फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । प्राथमिकताका साथ डेलिभरी सुविधा उपलब्ध हुने अन्य विभिन्न लाभ ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ। कार्निभलमा सहभागी भएर गाडीको टेष्टड्राइभ गर्न पनि कम्पनीले सम्पूर्ण इभी पारखीमा आह्वान गरेकोछ ।
Comments are closed.