सल्लाघारी र सुकेधारामा एमजीको सर्भिस सेन्टर स्थापना

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै प्रालिले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

यस अगाडि कुसुन्तीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको प्रालिले सेवा विस्तार गरेको हो । सञ्चालनमा आएका दुवै सेवा केन्द्रमा माघ २ गतेबाट सेवा सुरु भइसकेको छ ।

एमजीका सेवा केन्द्रहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक सुविधाहरु उपलब्ध गराइएको प्रालिले जनाएको छ । ‘विश्स्तरीय उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई कार्यान्वयनमा ल्याइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमजीका ग्राहकका लागि सेवा विस्तार गर्दै नयाँ दुई वटा सेवा केन्द्र विस्तार गर्न पाउँदा हामी गौरव गर्दछौं ।’

You might also like

Comments are closed.