काठमाडौं । नेपाली बजारमा बहुप्रतिक्षित मानिएको ‘एमजी एस ५ इभी’ बिहीबार सार्वजनिक हुने भएको छ । एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बौद्धस्थित हायत रिजेन्सीमा बिहीबार साँझ ६ बजे विशेष कार्यक्रमसहित एमजी एस ५ सार्वजनिक गर्नेछ ।
सार्वजनिक भएसँगै यो गाडी नेपाली बजारमा बुकिङ र बिक्रीका लागि उपलब्ध हुनेछ ।
‘अल्ट्रा थिन’ ब्याट्री जडान गरिएको यो गाडी नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । आकर्षक लुक्स तथा स्तरीय फिचर्सहरुले ग्राहक आकर्षित हुने विश्वास गरिएको छ ।
गाडी २ भेरियन्टमा उपलब्ध हुनेछ । पहिलो भेरियन्टमा ४९.१ केडब्लुपिएच ब्याट्री जडान छ भने दोस्रो भेरियन्टमा ६२.२ केडब्लुपिएच ब्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा पहिलो भेरियन्टले ३४० किमी रेन्ज दिनेछ भने दोस्रो भेरियन्टको गाडलिे ४३० किमी रेन्ज दिने दावी गरिएको छ ।
गाडीमा जडान गरिएको स्मार्ट सिस्टमले गाडीलाई थप आधुनिक र सुविधाजनक बनाउने विश्वास गरिएको छ ।
Comments are closed.