उत्कृष्ट फिचर्स समावेश गरिएको ‘एमजी एस६’ चितवनमा सार्वजनिक

चितवन । चितवनका लागि एमजी मोटर्सको आधिकारिक डिलर युनाइटेड अटो कन्र्सन प्रा.लि.ले नयाँ ‘एमजी एस६ इभी ट्रफी लङ रेञ्ज’लाई चितवनमा सार्वजनिक गरेको छ । एमजी शोरुम चितवनमा आज आइतबार एक कार्यक्रमबीच गाडी सार्वजनिक गरिएको हो ।

एमजीको नयाँ कार कुरिरहेका पहिलो ग्राहक दिलिप खतिवडा, कम्पनी अध्यक्ष रविनकुमार श्रेष्ठ, निर्देशकहरु राजन पिया र प्रविण श्रेष्ठले संयुक्च रुपमा यो गाडी सार्वजनिक गरे । एमजी एस५को सफलतासँगै एस६ प्रति अझै धेरै ग्राहकको आकर्षण बढ्ने कम्पनीले विश्वास लिएको छ ।

उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी चितवन क्षेत्रमा लोकप्रिय हुने विश्वास गरिएको छ ।

अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको एस६ले शक्तिशाली एक्सेलेरेशन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचर प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको जनरल म्यानेजर सञ्जिव अधिकारीले बताए ।

उच्च क्षमताको १८० किलोवाट मोटर तथा ७७ किलोवाट आवर ब्याट्री प्याकले सुसज्जित एस६ ट्रफी लङ रेञ्जले डब्लएलटिपी मापदण्डअनुसार ५३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसले दैनिक यात्रा तथा लामो दूरीको यात्रामा सहजता र आत्मविश्वास दिने बताइएको छ ।

नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स उपलब्ध गराइएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले थप आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने जनाइएको छ । साथै, रियर–व्हील ड्राइभ प्रविधिले अझ उत्कृष्ट र डाइनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले हाल सञ्चालन गरिरहेको ११ वर्ष वा १.५ लाख किलोमिटरसम्मको विस्तारित वारेन्टी कार्यक्रम एस६ मा पनि लागु हुने जनाइएको छ । साथै, मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहनेछ । यसले ग्राहकको दीर्घकालीन विश्वास र सहज स्वामित्व अनुभवप्रति कम्पनीको प्रतिबद्धता झल्काउने बताइएको छ।

नेपाली बजारमा एस६ ट्रफी लङ रेञ्जको विशेष प्रारम्भिक मूल्य रु. ६९ लाख ९९ हजार तोकिएको छ । ग्राहकले चितवनस्थित एमजी शोरुममार्फत नयाँ गाडीको प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.