‘एमजी विंडसर’ ६ महिनामै २० हजार युनिट बिक्री, छिट्टै नेपाल आउदै

काठमाडौं । ‘एमजी विंडसर’ले यति वेला भारतीय इभि बजार तताइरहेको छ । भारतमा एमजीले उत्पादनको गरेको उक्त इलेक्ट्रिक कार ‘एमजी विंडसर’छिट्टै नै नेपाल इन्ट्रिको तयारीमा रहेको छ ।

बिक्रीको आँकडा नै बढ्दो रहेको उक्त कार इन्डियामा मासिक साढे ३ हजार आसपासमा बिक्री भइरहेको छ । यो इभि गत वर्ष सन् २०२४ सेप्टेबरमा लन्च भएको थियो । यो कार तीन भेरियन्टः एक्साइट, एक्सक्लुसिभ र इसेन्समा उपलब्ध छ ।

भारतीय इभि बजारमा यसले आफ्नो बिक्री हिस्सा निरन्तर बढाइरहेको छ । पछिल्लो आँकडाअनुसार एमजी विंडसरको बजार हिस्सा ३० प्रतिशतसम्म पुगेको थियो । पछिल्लो ६ महिनामै २० हजार बढी युनिट बिक्री भएको जेएसडब्लू एमजी मोटर इन्डियाले जनाएको छ । यो कारमा ३८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ ।

एकपटकको फुलचार्जमा ३३२ किलोमिटर यात्रा गर्न सकिन्छ । १३४ बिएचपी, २०० एनएमको आउटपुट छ । जसले विद्युतीय मोटरलाई पावर दिन्छ । डिसी फास्ट चार्जरले ४० मिनेटभित्र नै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

एमजी विंडसरको मूल्य ९ लाख ९९ हजार भारुदेखि सुरु हुन्छ । भारतमा लन्च हुने वित्तिकै नेपाली बजारमा पनि यसलाई निकै चासोको रुपमा हेरिएको थियो । एमजी विंडसरहाल नेपाली बजारका लागि पर्खाईमै छ ।

नेपालका लागि एमजीको आधिकारिक वितरक पारमाउन्ट मोटर्सले गर्दै आएको छ । कम्पनीका अनुसार यो कार नेपाली बजारमा पनि छिट्टै आउने जनाएको छ ।

You might also like

Comments are closed.