काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक बितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । असार १८ गते बुधबार कम्पनीले विशेष कार्यक्रमसहित यो गाडी सार्वजनिक गर्नेछ ।
यो गाडी एक्सक्लुसिभ र इसेन्स भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । यो गाडीको मूल्य ४० लाख रुपैयाँ वरपर हुने अनुमान गरिएपनि कम्पनीले सार्वजनिक गरिसकेको छैन ।
एमजी विन्डसर भारतमा बनेको इभी हो । भारतमै बनेको कोमेट इभी पनि नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।
बुधबार सार्वजनिक भएपछि एमजी विन्डसरको बुकिङ खुल्ला हुनेछ । नेपाली बजारमा यो गाडी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
यस अगाडि गत फेब्रुअरीमा सार्वजनिक भएको एमजी एस५ पनि नेपाली ग्राहकको रोजाईमा पर्न सफल छ ।
एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री समावेश छ । स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्नेछ । फुल चार्जमा यसले ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । कारमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड छन् ।
एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ । कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि छ ।
एमजी विन्डसर ईभीमा भएको १५.६ इन्चको टचस्क्रिन, ६०४ लिटरको बुट स्पेस, १३५ डिग्रीको एयरो लाउन्ज सिट, वायरलेस चार्जिङ र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचरले धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।
Comments are closed.