विश्वबन्धु भण्डारी । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो वार्षिक साधारण सम्पन्न भएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेका थिए ।
सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले एसोसिएसनसँग सहकार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तको माध्यमबाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ भन्ने विषयमा सरकारले एसोसिएसनसँग सहकार्य गरि अगाडि बढ्नुपर्ने उनले बताए ।
वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए । लघुवित्त विषयमा विद्यावारिधि गरि विज्ञता हासिल गरेका पाँच जनालाई विषेश सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैंकका निर्देशक डा.शालिकराम पोख्रेल, पूर्व सचिव डा.मान बहादुर बिश्वकर्मा, त्रिभुवन विश्वबिद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.भरतसिंह थापा र अर्थविद नरहरि ढकाललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
एसोसिएसनका उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यक्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरि उत्त कोषबाट नै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहज हुने बताएकी छिन् । २ चरणमा सम्पन्न साधारण सभामा पहिलो चरणको कार्यक्रम संचालन एसोसिएसनका महासचिव बाबुराम बिश्वकर्माले गरेका थिए भने दोस्रो चरणको बन्द सत्रको संचालन एसोसिएसनका सचिव अनन्त कुमार श्रेष्ठले गरेका थिए ।
बन्दसत्रमा अध्यक्षता ग्रहण गर्दै एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार,नेपाल राष्ट्र बैंकसँग निरन्तर कुरा उठाइरहेको बताएका छन् । अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदन सहित प्रस्तावित कार्यक्रमहरु सर्वसहमतीमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतीमा पास भएको थियो ।
सभामा एसोसिएसनका संचालक सदस्य बाबुराम थापा, संचालक सदस्य बिमला उपाध्याय, संचालक सदस्य किरण चौधरी सहित ५० लघुवित्तका ६० जना अध्यक्ष तथा संचालकहरुको सहभागिता थियो ।
Comments are closed.