मिड भ्याली कलेज : शिक्षामा विज्ञान र प्रविधिको अधिकतम प्रयोग

नवीनता, रचनात्मकता र अर्थपूर्ण विश्वव्यापी सहकार्यमार्फत अगाडि बढेको मिड भ्याली कलेज विद्यार्थीको बीचमा लोकप्रिय बनिरहेको छ । नयाँठिमी भक्तपुरमा रहेको कलेजले सक्रिय रूपमा ज्ञान प्राप्त गर्न, सीप हासिल गर्न तथा २१औं शताब्दीका गतिशील चुनौतीको सशक्त रुपमा सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको छ ।

विद्यार्थीलाई समावेशी सिकाइ वातावरण प्रदान गर्न समर्पित मिड भ्याली कलेजको लक्ष्य भनेको विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रूपमा उनीहरूको पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउनु हो ।

कलेजले शिक्षण सिकाईका क्रममा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा मात्र प्रदान नगरि सिक्ने जोश पनि जगाउने राम्रो सिकाइ प्लेटफर्म बन्न सफल छ मिड भ्याली ।

विज्ञान, प्रविधि, व्यवसाय र कानून जस्ता क्षेत्रहरूमा अदम्य विशेषज्ञताको आवश्यकतालाई महसुस गर्दै कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा शिक्षा प्रदान गरिरहेको छ । कलेजले समूह सिकाइ, समूह परियोजना, नवप्रवर्तन, र अन्वेषणात्मक गतिविधि, नेतृत्व गतिविधि, आलोचनात्मक र रचनात्मक सोच, परियोजना कार्य लगायतका विद्यार्थी केन्द्रित शिक्षण विधि तथा प्रविधिको प्रयोग गर्दै आएको छ । विद्यार्थीलाई फिल्ड भिजिटको व्यवस्था पनि कलेजेले गर्दै आएको छ । जेहेन्दार विद्यार्थीका लागि आवश्यकता अनुशार छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको छ ।

चिकित्सा, इन्जिनियरिङ, व्यवसाय व्यवस्थापन र कानून क्षेत्रमा राष्ट्रको भविष्यको मेरुदण्डको लागि सपना, समर्पण र खोजको दृष्टिकोणका साथ, कलेजले सफलता हासिल गरिरहेको कलेज व्यवस्थापकहरु बताउँछन् । शिक्षण सिकाइ अभ्यासमा नयाँ मानक थप्न र विश्वव्यापी साथै स्थानीय आवश्यकता पूरा गर्न शिक्षा लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट पहिचान बनाएका उद्यमीहरुको संयुक्त प्रयासमा कलेज स्थापना भएको हो ।

विज्ञान, व्यवस्थापन र कानून संकायमा शिक्षा प्रदान गर्ने नवीन निर्देशनात्मक र शैक्षिक अभ्याससँग अद्वितीय कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल छ । युवा र जिज्ञासु दिमागको समग्र विकासको लागि सम्भावना उजागर गर्न र उनीहरूलाई भविष्यका सफल पेशेवर र देशका योग्य नागरिक बनाउने ढोका खोल्न कलेज प्रतिवद्ध छ ।

विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी कार्यक्रम लगायत अन्य धेरै क्षेत्रमा अवसर प्रदान गर्न कलेजले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । मिड भ्यालीमा बौद्धिक तथा शैक्षिक जनशक्ति तथा संकाय सदस्य र कर्मचारी छन् । उनीहरुले हरेक चरणमा विद्यार्थीको समग्र विकासमा सहयोग गर्दै आएका छन् ।

विद्यार्थीको क्षमता उजागर गर्न उच्चस्तरीय शिक्षा प्रदान गर्ने तथा विद्यार्थीको सफलताको लागि प्रतिबद्ध अनुभवी र हेरचाह गर्ने संकाय सदस्य रहेका कारण कलेज उत्कृष्ट बन्न सफल छ । सहयोगी सिकाइ वातावरण रहेको यस कलेजमा रचनात्मकतालाई बढावा दिन तथा विद्यार्थीमा रहेका क्षमता तथा प्रतिभा प्रस्फुटन गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । औपचारिक शिक्षासँगै अन्य विभिन्न कार्यक्रम कलेजमा हुने गरेका छन् । विद्यार्थीको सहभागितामा विभिन्न क्लव तथा काउन्सिल गठन गरिएका छन् ।

विद्यार्थीलाई सामाजिक भावना जगाउन तथा जिम्मेवार बनाउन समयम समयमा वृद्धाश्रम, बालआश्रम लगायतको भ्रमण गराउदै आएको छ । यस्ता भ्रमणले विद्याथीलाई करुणा र सामाजिक उत्तरदायित्वको वास्तविक मूल्य सिकाउने गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.