शैक्षिक सहकार्यका लागि २ विश्वविद्यालयबीच सम्झौता

सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण गरिएपछि सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएकोे छ । दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पु¥याउनु उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ ।

त्यस्तै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।

jutta mela

You might also like

Comments are closed.