मिड टाउनले भलाममा बनायो प्रतिक्षालय

पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले कास्कीको भलामस्थित पिपलडालीमा प्रतिक्षालय निर्माण गरेको छ । क्लबले निर्माण गरेको प्रतिक्षालय शनिबार समुदायलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रविराज भुर्तेलले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष सिमबहादुर गुरुङले क्लबले प्रतिक्षालय निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए । क्लब एडमिनिष्टेटर त्रिलोचन गौतमको संयोजकत्वमा प्रतिक्षालय निर्माण गरिएको हो ।

कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख ठाकुरप्रसाद अधिकारी, एडभाइजर विष्णुप्रसाद बास्तोला, प्रथम उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिब पोषबहादुर भुजेल लगायतले बोलेका थिए । वडासँग समन्वय गरी आगामी दिनमा प्रतिक्षालयको संरक्षण र खानेपानीको व्यवस्थासमेत क्लबले गर्ने प्रतिबद्धता गरेको अध्यक्ष भुर्तेलले जानकारी दिए ।

jutta mela

लायन्स क्लब अफ पोखरा मिड टाउनले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको अध्यक्ष भुर्तेलले बताए ।

You might also like

Comments are closed.