एमएडब्लु ग्रुपमा मिलन बाबु मल्लको ‘कमब्याक’, पब्लिक रिलेसन डाइरेक्टरमा नियुक्त

काठमाडौं । अटोमोबाइल व्यवसायमा अग्रणी पहिचान बनाउन सफल एमएडब्लु ग्रुप अफ कम्पनीजको पब्लिक रिलेसन डाइरेक्टरमा मिलन बाबु मल्ल नियुक्त भएका छन् । ग्रुपका प्रवन्ध निर्देशक विष्णु कुमार अग्रवालले मल्ललाई नियुक्त गरेका हुन् ।

व्यावसायिक तथा सामाजिक क्षेत्रमा लामो अनुभव संगालेका मल्ललाई डाइरेक्टर नियुक्त गरेसँगै ग्रुपको समग्र विकास तथा व्यावसायिक क्षेत्र विस्तारमा थप योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

एमएडब्लु ग्रुपले नै आयात गर्दै आइरहेको जेसिबी र यामाहाको बिक्रेता भएर काम गरिरहेका मल्लले आफ्नो जागिरको यात्रा पनि यही ग्रुपबाटै सुरुवात गरेका थिए । २०४८ मा सेल्स असिस्टेन्टबाट उनले काम सुरु गरेका थिए । कामप्रतिको इमान्दारिता, लगनशीलता, सक्रियताबाट उनको प्रमोसन पनि हुँदै गयो । केही वर्ष पछि एमएडब्लुको काठमाडौं अपरेसन हेर्न सुरु गरेका मल्लले १४ वर्षपछि भने जागिरमा पूर्णबिराम लगाएका थिए । २०६२ मा जागिर छोडेपनि एमएडब्लु र यामाहालाई भने छोडेनन् । मल्लले जागिरे जीवनबाट व्यावसायिक जीवनको शुरुवात गरे । उनलाई एमएडब्लुका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि साथ दिए । २०६२ मा काठमाडौंको कुमारीपाटीमा रिसिक अटोमोबाइल्स प्रा.लि.मार्फत यामाहाको शोरुम खोले । जुन शोरुममा मल्लसँगै विष्णुकुमार अग्रवालको पनि लगानी थियो । केही वर्षपछि अग्रवालले आफ्नो सेयर निकाले र मल्ललाई एकल स्वामित्वमा काम गर्न प्रोत्साहन गरे ।

jutta mela

उनले यामाहाको डिलर लिएर काम गरेको १८ वर्ष भइसकेको छ । जुन यात्रा निरन्तर जारी छ । व्यवसायलाई अझ परिस्कृत, परिमार्जन र प्रविधिमैत्री बनाउँदै र लगानी विस्तार गर्दै मल्ल अगाडि बढिरहेका छन् । मल्लले २०७५ मा ग्वार्कोमा यामाहाको अर्को शोरुम खोले । त्यस्तै उनले बल्खुमा तेस्रो शोरुम खोलेका छन् । जुन नेपालकै उत्कृष्ट प्रविधि समावेश भएको सर्भिस सेन्टरसहितको शोरुम पनि हो । मल्ल नाडाको कोषाध्यक्ष, सिएनआईको नेशनल काउन्सिल मेम्बर हुन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालको फस्ट भाइस गभर्नर (इलेक्ट) भएर पनि काम गरिरेहका छन् ।

एमएडब्लुबाट जागिरको सुरुवात गरेका मल्ल अहिले पुनः सोही ग्रुपको डाइरेक्टरमा नियुक्त हुँदै ‘कमब्याक’ भएका छन् ।

You might also like

Comments are closed.