मल्टिपल डिस्ट्रिक्ट ३२५ ले पायो पहिलो पटक महिला नेतृत्व

काठमाडौं । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ को वर्ष २०२५/२०२६ का लागि पहिलो पटक निर्विरोध महिला नेतृत्व निर्वाचित भएको छ ।

मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नर मिलन थापालाई मल्टिपल परिषद्को अध्यक्ष चयन गरिएको हो । नेपाली लायन्सको करिव पाँच दशकको इतिहासमा मल्टिपल डिस्ट्रिक्टले पहिलो पटक महिला नेतृत्व पाएको हो ।

नयाँ नेतृत्वको औपचारिक घोषणा भने आउँदो जेठ २४ गते मल्टिपल कन्भेन्सनमा गरिनेछ । सर्वसम्मत अध्यक्ष चयन गर्ने सबै डिष्ट्रिक्टप्रति थापाले आभार व्यक्त गरेकी छन् ।

You might also like

Comments are closed.