‘नाडा अटो शो’ ले अटोमोबाइल क्षेत्रसँगै देशको अर्थतन्त्र पनि चलायमान बनाउँछ

मिलनबाबु मल्ल, महासचिव नाडा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १८औँ संस्करणको एचपी प्रिजेन्ट्स नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नयाँ प्रविधि, नयाँ ब्रान्ड तथा मोडल, विद्युतीय सवारीसाधन, व्यावसायिक सवारीसाधन, पार्टपुर्जा, चार्जिङ प्रविधि तथा वित्तीय सेवासहितको सहभागिताले यस वर्षको अटो शोलाई थप व्यापक बनाउने छ । अटो शोको उद्देश्य, सहभागी ब्रान्ड, अटो शोले समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे नाडाका महासचिव मिलनबाबु मल्लसँग गरिएको कुराकानी :

नाडा अटो शो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
नाडाले आयोजना गर्ने नाडा अटो शो को आफ्नै महत्व र गरिमा छ । १८ औं संस्करण सम्म आइपुग्दा हामी विगतका कमजोरीलाई सच्याएर परिमार्जित गर्दै अगाडी बढ्नेछौं । नाडाले ५० वर्ष पुरा गरेको छ । यो अटो शो थप भब्य हुनेछ । । यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ ।

नाडा अटो शोको मुख्य उद्देश्य केवल सवारीसाधनको बिक्री तथा प्रदर्शनी गर्नु मात्र होइन । नयाँ प्रविधि, नयाँ ब्रान्ड, विद्युतीय सवारीसाधन, व्यावसायिक सवारीसाधन, पार्टपुर्जा, चार्जिङ प्रविधि, वित्तीय सेवा तथा भविष्यको यातायात प्रणालीलाई एउटै मञ्चमा प्रस्तुत गर्नु यसको प्रमुख उद्देश्य हो ।

अटो शोमार्फत उपभोक्ताले बजारमा उपलब्ध नयाँ प्रविधि र सवारीसाधनबारे प्रत्यक्ष जानकारी लिन, विभिन्न ब्रान्ड तथा मोडलको तुलना गर्न र आफ्नो आवश्यकता तथा क्षमताअनुसार छनोट गर्न सक्ने अवसर पाउँछन् । यसले नेपालको समग्र अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस वर्षको नाडा अटो शोमा कस्ता स्टल रहनेछन् ?
यस वर्षको नाडा अटो शोमा दुई सयभन्दा बढी स्टल रहनेछन् । तीमध्ये २३ वटा प्यासेन्जर कार, १७ ब्रान्डका व्यावसायिक सवारीसाधन र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधनका स्टल रहनेछन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाका १० वटा र अटोमोटिभ, पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइलसम्बन्धी अन्य उत्पादन र सेवाका करिब ७० वटा स्टल रहनेछन् । यसले अटो शोमा सवारीसाधन मात्र नभई सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई समेट्ने प्रयास गरिएको देखाउँछ ।

नाडा अटो शोमा यस वर्ष कुन–कुन ब्रान्डको सहभागिता रहनेछ ?
यस वर्षको अटो शोमा रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अवतार, फोटोन, स्कोडा, नामी, चाङ्गान, बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा/जेइको, जेटोर, एमजी, जीडब्ल्यूएम, लिपमोटर, महिन्द्रा, स्काइवेल लगायतका ब्रान्डको सहभागिता रहनेछ ।
त्यस्तै, फोटोन, सोकोन, किङ लङ, हाइगर, टाटा मोटर्स, कामा, स्काइवर्थ, डोङफेङ लगायतका ब्रान्ड पनि सहभागी हुनेछन् । दुईपाङ्ग्रे सवारीतर्फ हिरो, रोयल इन्फिल्ड, यामाहा, भेस्पा, अप्रिलिया, एम्पायर, मेटा ईभी, रिभोल्ट लगायतका विभिन्न ब्रान्डको सहभागिता रहनेछ । अटो शो मा विद्युतिय गाडीको सहभागिता पनि उल्लेखनिय रहन्छ । 

नाडा अटो शोमा विभिन्न नयाँ ब्रान्ड तथा नयाँ मोडलका सवारीसाधन सार्वजनिक तथा लन्च पनि हुनेछन् । त्यसैले नाडा अटो शो केवल गाडी हेर्ने कार्यक्रम नभई बजारमा उपलब्ध विभिन्न ब्रान्ड, प्रविधि र मोडलका बारेमा जानकारी लिने महत्वपूर्ण स्थल बन्नेछ ।

नाडा अटो शो मा अन्य के कस्ता गतिविधि संचालन हुनेछन् ?

नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना हुँदैछ । (न्यु जेनरेसन रोड एन्ड मोबिलिटी शोकेस ) भविष्यमा यातायातका साधनमा विकास हुने नयाँ प्रविधि र नवप्रवर्तनको अनुभव लिन सकिने छ ।

मेड इन नेपाल र मेड फर नेपाल अन्तर्गत स्वदेशमै उत्पादित सवारी साधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टहरूको प्रवद्र्धन गरिनेछ । विभिन्न ब्रान्डका नयाँ–नयाँ मोडल तथा उत्पादनको लन्च हुनेछन् भने स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास तथा कनेक्टिभिटीमा केन्द्रित विशेष सिम्पोसियम पनि आयोजना हुनेछ ।

अटो शो मा सुविधा तथा सुरक्षा व्यवस्था कस्तो छ ?
दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूको छुट्टाछुट्टै प्रदर्शनका लागि सुविधाजनक जोन विभाजन गरेका छौं । खल्ती एपमार्फत अग्रिम टिकट खरिदको व्यवस्था। निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको सुविधा रहेको छ । सञ्चारकर्मीहरूको सहज समन्वय तथा आवश्यक सहजीकरणका लागि विशेष मिडिया डेस्क रहने छ ।

महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक तथा पार्किङसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था गरेका छौं । आपतकालीन स्वास्थ्य टोली, सीसीटीभीमार्फत सुरक्षा निगरानी तथा आगो नियन्त्रणको विशेष व्यवस्था छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज आवागमन सुनिश्चित गर्न व्हीलचेयरमैत्री व्यवस्था गरेका छौं ।

नाडा अटो शोले अटोमोबाइल उद्योग र समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ ?
नाडा अटो शोले अटोमोबाइल उद्योगको प्रवद्र्धन गर्दै नयाँ सवारीसाधन, प्रविधि र ब्रान्डबारे उपभोक्तालाई जानकारी प्रदान गर्नेछ। ग्राहकले एउटै स्थानमा विभिन्न मोडल र मूल्यको तुलना गर्न पाउने भएकाले सवारीसाधनको बिक्रीमा सकारात्मक प्रभाव पर्न सक्छ ।

यसले नयाँ व्यवसाय तथा लगानी आकर्षित गर्न पनि सहयोग पु¥याउँछ। सवारीसाधन बिक्रीसँगै मर्मतसम्भार, स्पेयर पाट्र्स, बीमा, वित्तीय सेवा, चार्जिङ स्टेसन तथा यातायातसम्बन्धी क्षेत्रमा आर्थिक गतिविधि र रोजगारी बढ्न सक्छ । सवारीसाधनको बिक्री तथा आयात बढ्दा भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, दर्ता शुल्कलगायत विभिन्न माध्यमबाट सरकारको राजस्वमा समेत योगदान पुग्छ। देशको अर्थतन्त्रलाई थप चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ ।

 

You might also like

Comments are closed.