काठमाडौं । बजारमा दुधको मूल्य फेरि १० रुपैयाँ बढ्ने भएको छ । गत फाुगन २ गते राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।
बोर्डले मन्त्रालयलाई बुझाएको मूल्य विश्लेषण प्रपितवेदन अनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बोडका अनुसार ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना, चोकरको मूल्यका कारण किसानहरु घाटामा गएकोकारण उनीहरुलाई बजारउन १० रुपैयाँसम्म मूल्य बढाउन पर्ने देखिएको हो ।
किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनु पर्ने देखिएको वोर्डले बताएको छ । बोर्डले गत २ फागुनमा मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो ।
Comments are closed.