स्टक पाउडर र बटर निर्यात गर्नुको विकल्प छैन

मनोज यादव, सञ्चालक, सूर्योदय मिल्क एण्ड वेभरेज इन्डष्ट्रि प्रा.लि.

गत जेठसम्म दुग्ध क्षेत्रमा खासै समस्या थिएन । त्यसपछि हामीले ल्याउने कच्चा दूधमा मूल्य बृद्धि भयो । मूल्य बृद्धिसँगै अर्कोतर्फ आर्थिक मन्दीका कारण उपभोग पनि घटेको छ । पछिल्लो समय दूध उत्पादन बढेको र खपत घटेको अवस्था छ, जसले गर्दा पाउडर र बटर स्टक बढेको छ । नेपालको १० प्रतिशत मात्रै उत्पादन बढि हुँदा पनि ओभर फ्लो हुने समस्या हुन्छ र १० प्रतिशत घट्ने बित्तिकै संकट हुन्छ । त्यसकारण उत्पादनलाई ब्यालेन्समा लैजानुपर्ने हुन्छ ।

विशेष गरी कोभिड पछि कृषि क्षेत्रमा मानिसहरुको संलग्नता पनि बढेको छ । राज्यले पनि कृषिलाई प्राथमिकतामा राखेको छ । जसले दूध उत्पादन बढेको छ । किसानबाट उत्पादित दूधले बजार पाउँदाको दिनसम्म उत्पादन बढ्नु राम्रो हो ।

छिमेकी राष्ट्र भारत र नेपालको खुल्ला सिमाना भएकाले नेपालमा दूधको मूल्य बढी हुँदा उताबाट पनि दूध भित्रिने क्रम बढेको छ । मूल्य बढाउँदा छिमेकी देशको मूल्यलाई पनि अध्ययन गर्न जरुरी थियो, त्यसो गरिएन । यता थोरै भएपनि उत्पादन बढ्नु र भारतबाट अनौपचारिक माध्यमबाट दूध भित्रिनुले नेपालमा माग भन्दा बढी दूध भएको देखिन्छ ।

jutta mela

कोशी प्रदेशको कुरा गर्दा बिगतमा नेपालबाट भारतमा दूध जान्थ्यो । अहिले यता मूल्य बृद्धि भएपछि भारतबाट नेपालमा दूध आउँछ । पछिल्लो समय खरिद र बिक्री मूल्य घटाएर दुवैतर्फको मूल्य लगभग बराबर बनाउन सफल भएका छौं, जसले गर्दा केही हदसम्म कन्ट्रोल भएको छ । तर, समग्र देशको अवस्था हेर्ने हो भने समस्या बढी नै छ ।

कोशीमा यतिबेला झण्डै ३ सय मेट्रिक टन पाउडर र २५० मेट्रिकटन जति नौनी स्टक रहेको देखिन्छ । उत्पादन बृद्धि र खपत नभएको कारणले स्टक बढेको हो । अब खपत बढाउनतर्फ राज्यको नीति बढ्नुपर्ने हुन्छ । स्टक सक्नका लागि निर्यात गर्नुको विकल्प छैन । अनुदान र सर्पोट गरेर राज्यले निर्यातको वातावरण बनाउनुपर्छ । हामी आफ्नो ठाउँबाट निर्यातका लागि सक्रिय छौं, तर यहाँ उत्पादन कस्ट नै बढी भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज छैन । समस्या समाधानको सहज उपाय भनेकै निर्यात नै हो । सरकारले सहयोग ग¥यो भने मात्रै सम्भव छ । त्यसका लागि सरकार जिम्मेवार भएर लाग्नुपर्छ ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.