बुटवल । दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह (लोगो) प्रचारप्रसारका लागि अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय दुग्ध विकास वोर्डले लुम्बिनी प्रदेशको बुटवलमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबको अध्यक्षता एवं पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालको विशेष उपस्थितिमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिपप्रसाद धमला, सल्लाहकार हिरा केसी, महासचिव हेमचन्द्र खनाल, उपमहासचिव विजय चौरासिया, सहसचिव शिव भुसाल, बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे र लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने, केन्द्रीय सदस्य निराजन कोइराला, मनोज यादव, डिडिसि बुटवल आयोजनाका कृष्ण अर्याल र योगेन्द्र शाह, केन्द्रीय दुग्ध सहकारीका केन्द्रीय सदस्य हरि काफ्ले एवं लुम्बिनीका अन्य किसानहरु, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष ज्ञानुु पौडेल, बोर्डका लेखा प्रमुख ओम खरेल, निर्देशक दीपेन्द्र अधिकारी, लुम्बिनी प्रदेशका डेरी उद्योगका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गर्दै उपस्थित गरे । लोगोले दूध गाडीको पहिचान हुने र अत्यावश्यक गाडीको सुविधा प्राप्त हुने बताए ।
नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले सबै डेरी उद्योगले लोगो लगाउन सक्ने वातावरण बनाउन र सबैतिर प्रचारप्रसार गर्न बोर्डलाई अनुरोध गरे । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले लोगोको महत्वबारे प्रकाश पार्दै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गरे । लोगो प्रयोगमा ल्याउन बोर्डले खेलेको भुमिकालाई धन्यवाद ज्ञापन गरे ।
एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बोर्डले अत्यन्तै राम्रो काम गरेको र नेपाल डेरी एसोसिएसनले चाँडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गरे । आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताए ।
पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले यसरी दूध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ सुरक्षा निकायलाई समेत राखी वितरण गर्दा झन् प्रभावकारी हुने बताए ।
देवदह नगरपालिकाका पूर्व मेयर एवं नेपाल डेरी एसोसिएसनका सल्लाहकार हिरा केसीले डेरी क्षेत्रको प्रवर्द्धनका लागि सबै मिल्नुपर्ने बताए । डिडिसी बुटवल आयोजनाका प्रमुख कृष्ण अर्यालले फर्मल र इनफर्मल डेरीको बारे बोल्दै अब फर्मल डेरी उद्योगलाई चलाउनै कठिन भएको कुरा बताउँदै अब इनफर्मल डेरीलाई फर्मल सेक्टरमा ल्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताए।
केन्द्रीय दुग्ध सहकारीका केन्द्रीय सदस्य हरि काफ्लेले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबले लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता रहेको बताए । बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्न आग्रह गरे ।
Comments are closed.