काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मतसम्बन्धी ५ दिने सीप विकास तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । तालिममा काठमाडौं, भक्तपुर, ललित्पुर, नुवाकोट, धादिङ र काभ्रेबाट २५ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
कार्यक्रम नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा भएको भने बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्दै तालिममा सिकिएका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै डेरी क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोगका लागि यस तालिमको महत्व औंल्याए । प्रशिक्षार्थीको तर्फबाट अमृता ढुंगानाले “हामीले धेरै कुरा सिक्न बाँकी रहेछ र अब यहाँ सिकेको कुराले धेरै नै फाइदा हुने कुरा बताइन् ” । प्रशिक्षक गोबिन्द तिमल्सिनाले “सीप जति बाँडिन्छ, उति नै बढ्छ” भन्दै सहभागीहरूलाई सिकेका ज्ञान र सीप अरूसँग समेत आदान प्रदान गर्न प्रोत्साहित गरे ।
नेपाल डेरी एसोसिएशनका उपाध्यक्ष दिप प्रसाद धमलाले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै तालिमले डेरी व्यवसायको गुणस्तर र सेवा सुधारमा मद्दत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले यस्तो महत्वपूर्णमा सहभागी सबैलाई धन्यवाद दिंदै सिकेका कुरा दैनिक आफ्नो काममा लगाउन आग्रह गरे । बोर्डको सहकार्यमा कार्यक्रम आयोजना गरेकोमा नेपाल डेरी एसोसिएसनलाई विशेष धन्यवाद व्यक्त गर्दै यो तालिमले किसान र डेरी उद्योगमा ठूलो सहयोग पुग्ने, अनावश्यक मर्मतका नाममा ठगिने कुरा बन्द हुने कुरा बताए । कार्यक्रमका सभापति तथा नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले मिल्क एनालाइजरको प्रभावकारी प्रयोग र मर्मतले डेरी क्षेत्रमा पार्ने सकारात्मक प्रभावबारे बताए। उनले “सिकेका सीप एकअर्कालाई साटासाट गरौँ” भन्ने आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल डेरी एसोसिएशनका महासचिव विजय चौरासिया, केन्द्रिय सदस्य शिव घिमिरे, नुवाकोट अध्यक्ष दिपक ढुंगाना, काठमाडौं जिल्लाका सचीव देवराज बजगाईं, सदस्य कुल प्रसाद धमला, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सन्जेल तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा आयोजित यस तालिमले डेरी व्यवसायी तथा डेरी प्राविधिकहरूलाई मिल्क एनालाइजर उपकरणको प्रभावकारी प्रयोग, नियमित सम्भार, समस्या पहिचान तथा मर्मतसम्बन्धी सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने कुरा आयोजक एसोसिएसन तर्फका संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले जानकारी गराए । कार्यक्रममा सहभागी सबैलाई एवं प्रशिक्षार्थी गिविन्द तिमल्सिना र कार्यक्रम संयोजन कर्ता नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्देललाई पनि प्रशंसा प्रमाणपत्र वितरण गरिएको थियो ।




Comments are closed.