आज विश्व दूध दिवसः मुख्य कार्यक्रम झापामा

झापा । हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाउने गरिन्छ । विश्वभर विभिन्न कार्यक्रम गरी २४औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस जुन १ मा मनाइन्छ । नेपालमा पनि यो दिवस सन् २०११ बाट मनाउन सुरु गरिएको हो । यस पटक नेपालमा ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ नाराका साथ दिवस मनाउन लागिएको छ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन् गर्दै दूधको उपभोगमा वृद्धि गर्ने लक्ष्यसहित यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रिय संघको खाद्य तथा कृषि संगठनले जुन २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेको हो ।

नेपालमा दूध दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदैछन् । केन्द्रीय कार्यक्रम प्राय काठमाडौंमा हुने गरेकामा यस पटक झापामा हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा झापाको एनएमसी एग्रो फार्ममा कार्यक्रम हुनेछ । सो अवसरमा प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरी दूधको महत्व बुझाउने प्रयास गरिनेछ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहकार्य तथा सहभागितामा कार्यक्रम हुनेछ ।

दिवसको अवसरमा देशभर बालवालिका तथा वृद्धाश्रमका बृद्ध बृद्धालाई दुग्धपान, उपत्यकाव्यापी स्कूल स्तरीय दूधको सेवन सम्वन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विशिष्ठ व्यक्तिहरुलाई सम्मान, सम्मेलन मार्फत विश्व दूध दिवसको शुभकामना आदान प्रदान लगायत कार्यक्रम पनि तय भएको पत्रकार सम्मेलनमा जनाइएको छ । सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायतका सरोकारवाला निकायहरुले विश्व दूध दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउनेछन् । सोही क्रममा साताव्यापी कार्यक्रमहरुसमेत भइरहेका छन् ।

दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा बृद्धि गर्न प्रचार प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने, दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुंच पु¥याउन पहल गर्ने, दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ ।

lcci
You might also like

Comments are closed.