सञ्चारमन्त्री खरेलको पहिलो निर्णय: ५ महिनाभित्र सार्वजनिक स्थालमा नि:शुल्क इन्टरनेट व्यवस्था

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयमार्फत आगामी पाँच महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

आजै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा मन्त्री खरेलले कर्मचारीले प्रस्तुत गरेको प्रस्तावमा केही थप संशोधन गराएर सो निर्णय लिएका हुन् ।

निर्णयअनुसार काठमाडौं बाहेकका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा इन्टरनेट सुविधा विस्तार गरिनेछ । सरकारले यसमार्फत डिजिटल पहुँचलाई सहज बनाउन र नागरिकलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउन सकिने विश्वास लिएको छ ।

You might also like

Comments are closed.