काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूद्वारा हालसम्म गरिएको विदेश भ्रमणको विस्तृत विवरण १० दिनभित्र पठाउन निर्देशन दिएको छ।
मन्त्रालयको विकास सहायता समन्वय शाखाले बुधबार, जेठ २८ गते एक सूचना जारी गर्दै सभी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिहरूलाई सो विवरण अनिवार्य रूपमा उपलब्ध गराउन भनेको हो।
निर्देशनअनुसार, भ्रमण गरिएको देश, अवधि, भ्रमणको उद्देश्य, निमन्त्रणा गर्ने निकाय, भ्रमणका लागि मनोनयन गर्ने पदाधिकारी तथा निकाय र खर्च व्यहोर्ने स्रोत खुलाएर विस्तृत विवरण पठाउनु पर्नेछ।
सरकारी भ्रमणको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न मन्त्रालयले यो कदम चालेको जनाइएको छ। मन्त्रालयले तय गरेको समयसीमाभित्र विवरण नआएमा प्रष्टिकरण माग्ने तयारी समेत गरेको स्रोतको भनाइ छ।
Comments are closed.