काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने ई–७ भिसासम्बन्धी कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा मन्त्रालयको निर्देशनबारे जानकारी दिँदै भनिएको छ, “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन अनुसार जीटुजी (G2G) माध्यमबाट ई–७ भिसा मार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नगर्नु पर्ने छ ।”
मन्त्रालयको यस निर्देशनसँगै उक्त कार्यविधि हालका लागि लागू नहुने भएको छ ।
Comments are closed.