‘सहकारीको मोडलमा काम गरे १० वर्षमा समृद्ध नेपाल’

झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन, गरिबी घटाउन र रोजगारी सिर्जना गर्न सहकारीले विशेष योगदान पु¥याएको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को २९औँ साधारणसभाको अन्तिम माइन्युट प्रमाणीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरमा रहेका ३० हजार बढी सहकारी संस्थाले छरिएर रहेको पूँजी, सीप र क्षमतालाई एकीकृत गरी नागरिकको जीवनस्तर उठाउन, रोजगारी सिर्जना गर्न र उत्पादनमूलक क्रियाकलाप अघि बढाउन सबैभन्दा बढी प्रभावकारी रहेको बताए ।

केही सहकारीले गरेको बदमासीका कारण सहकारी क्षेत्रको काम कारबाहीमा प्रश्न तेर्सिने गरेको उनले उल्लेख गरे । ‘सयौँमध्ये एकाध संस्थाले गरेका कमीकमजोरीकै आधारमा समग्र सहकारीमाथि प्रश्न उठाउनु जायज हुँदैन,’ झापामा आयोजित उक्त कार्यक्रममा उनले भने । सहकारी अभियानकर्मी सरकारका प्रतिस्पर्धी नभएर राज्यका परिपूरक र सहयोगी भएको उनले बताए । अध्यक्ष कँडेलले सरकारले सहकारीको मोडलमा काम गर्ने हो भने १० वर्षभित्रमा समृद्ध नेपाल बन्ने निश्चित भएको ठोकुवा गरे ।

प्रदेश नं १ का सरकारका सहकारी रजिस्ट्रार बलराम निरौलाले सहकारीले व्यावसायिकता र सेयर सदस्यको पेशालाई प्रवद्र्धन गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारीले बहुप्रकृतिको अनुकरणीय संस्थाका रूपमा विकास विकास गर्न आवश्यक देखिएकामा जोड दिए ।

jutta mela

एनएमसीको कूल सम्पत्ति रु ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७८५ रहेको छ । एक लाख पाँच हजार बढी सेयर सदस्य रहेको अध्यक्ष रामचन्द्र उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा चुक्ता सेयर पूँजी रु एक अर्ब ११ करोड ६० लाख छ हजार २०० रहको उल्लेख गरिएको छ ।

सानो स्थान र आकारमा २८ वर्षअघि काँकडभिट्टाबाट सुरु भएको सहकारीले ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर भौतिक सम्पत्ति र वासलातको मात्र विस्तार एवं वृद्धि नगरेर अनेकौँ असल अभ्यास, संस्कारयुक्त नेतृत्व तथा सक्षम जनशक्तिको विकास गरिरहेको संस्थाका उनले बताए ।

एनएमसीले जिल्लामा मात्र नभएर छिमेकी जिल्ला मोरङ र इलाममा समेत कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाले बैंकिङ कारोवारसहित एनएमसी डेरी, चिया व्यवसाय, एकीकृत नमूना कृषि फार्म र एनएमसी सहकारी पसल सञ्चालन गर्दै आएको छ । हाल एनएमसीले ८०० बढीलाई रोजगारी प्रदान गरेको छ ।

संस्थाले यसअघि नै ४३ वटा आफ्ना एकाइबाट बैंकिङ सेवा प्रदान गर्दैै आएको छ । सो एकाइ कार्यालयले २९औँ साधारणसभामा तयार गरेको माइन्युटलाई आज अन्तिम प्रमाणित गरेको हो । एनएमसीले चालु वर्षभित्रमा एनएनसी एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ उद्योग, चालम मिल, र तोरीको तेल मिल उद्योग सञ्चालनका लागि पहल गरिरहेको अध्यक्ष उप्रेतीले बताए ।

You might also like

Comments are closed.