काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने जानकारी दिएका छन् । ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर दल घोषणा गर्ने जानकारी सामाजिक सञ्जालमार्फत जारी गरिएको भिडियोमा दिएका हुन् ।
उनका अनुसार प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गरिनेछ ।
उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी पनि भिडियोमार्फत गराएका छन् । उनले भनेका छन्- ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं।’
Comments are closed.