मिसियो सपिङ गर्दा ५१% छुट, अफर मार्च ५ सम्म लागु हुने

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियो खरिद गर्दा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ । मिसियो नेपालले आजदेखि ५ मार्चसम्म लागु हुने गरी यो अफर सार्वजनिक गरेको हो । मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफरको फाइदा लिन सकिने सञ्चालक रञ्जु तण्डुकारले जानकारी दिइन् । अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।

‘वयर नाउ पे लेटर’ अफर
यसैगरी मिसियो नेपालले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी ल्याएको ‘वयर नाउ पे लेटर’ अफरलाई समेत निरन्तरता दिएको छ । ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.