‘मिसियो’ ब्राण्डको दोस्रो शोरुम नयाँबानेश्वरमा खुल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड ‘मिसियो’को शोरुम काठमाडौंको नयाँ बानेश्वरमा खुल्ने भएकोे छ । मिसियो ब्राण्डका लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउसले नेपालमा मेसियोको दोस्रो शोरुम सञ्चालनमा ल्याउन लागेको हो ।

नयाँ बानेश्वरस्थित मिनिसोको भवनमा शोरुम सञ्चालन हुनेछ । मेसियोको नयाँबानेश्वर शोरुमको यही साता औपचारिक उद्घाटन हुने प्रवन्ध निर्देशक रज्जु रञ्जितकारले जानकारी दिइन् । यस अगाडि आरभ मल्टिनेशनल हाउसले मिसियोको पहिलो शोरुम शिभिल मल सुन्धारामा २०२० फेब्रअरीबाट सञ्चालनमा ल्याइसकेको छ ।

jutta mela

‘शतप्रतिशत जेन्युन ब्राण्ड हामीले नेपाली बजारमा उपलब्ध गराउन सफल भएका छौं,’ सञ्चालक रन्जितकारले भनिन्, ‘विश्व प्रशिद्ध ब्राण्ड मिसियो नेपाली बजारमा भित्र्याउन पाउँदा हामी निकै हर्षित छौं ।’ मेसियो चीनको उत्कृष्ट ५ ब्राण्ड भित्र पर्छ ।

महिला, पुरुष तथा सबै उमेरका मानिसहरुलाई लक्षित गरी शोरुम सञ्चालन गरिनेछ । सन् १९९७ बाट सुरु भएको यो ब्राण्डलाई चीनले विश्वव्यापी बनाउने क्रममा नेपालमा समेत आरभ मल्टिनेशनल हाउसले मास्टर फ्रेन्चाइज पार्टनर बनेर भित्र्याएको हो ।

इस्योन (yishion) चीनमा उत्पादित अन्तर्राष्ट्रिय उत्कृष्ट ब्राण्ड हो । अन्तर्राष्ट्रिय बजारमा मिसियो ब्राण्डबाट यसको ब्राण्डिङ भएको छ । ‘यो ब्राण्ड अब बजार विस्तार गर्दै संसारभर बिक्री वितरण हुँदैछ,’ रञ्जितकारले भनिन्, ‘चीनमा उत्कृष्ट ब्राण्ड बनेर स्थापित भएको मिसियोले अब नेपाल सहित अन्य देशमा पनि उत्कृष्ट पहिचान बनाउने तयारीमा छ ।’

आधुनिक तथा फेशनेवल कपडा मन पराउने ग्राहकले मिसियो ब्राण्ड रोज्ने गरेको रञ्जितकार बताउँछिन् । मिसियोको चीनमा ३४ वटा फ्याक्ट्री छन् । आफ्नै एच.आर.डी. टिम तथा डिजाइनिङ टिम पनि कम्पनीकै छ ।

You might also like

Comments are closed.