मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” अभियान संचालन गरेको छ ।

यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ । दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

jutta mela

You might also like

Comments are closed.