काठमाडौं ।मुक्तिनाथ विकास बैंक लिमिटेड र चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानबीच छुट सम्झौता भएको छ ।
बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् ।यस सम्झौतापछि बैंकका ग्राहकहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी, प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौति रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
Comments are closed.