काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि. र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउनेछन् ।
सम्झौता बामोजिम बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको कुनैपनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लि. र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउनेछन् ।
नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात रु. एक सयमा खोल्न सकिने, निःशुल्क कनेक्ट आइपिएस रजिष्टे«शन, निःशुल्क मोबाइल बैैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन् ।
Comments are closed.