मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रा. लि. सँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौता गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुटको लाभ लिनसक्ने बैंकले जनाएको छ ।

jutta mela

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.