वैकल्पिक माध्यमबाट पढाउन शिक्षकलाई ल्यापटप र मोबाइल

काठमाडौं ।  ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठनपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले आज ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ । सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब १२ लाख रुपैयाँ बराबरको २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सो क्लबका अध्यक्ष सीमा गोल्छाले विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेकी हुन् । ।

सो अवसरमा मन्त्री भट्टराईले ऐतिहासिक उक्त विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताए ।

प्राज्ञ डा देवी नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेका थिए । सोही अवसरमा विद्यालयले आयोजना गरेको काठमाडौँ जिल्लास्तरीय माध्यमिक तहका विद्यार्थीका लागि गरिएको अनलाइन निबन्ध प्रगियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष चिनीयामान बज्रायार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य वसन्त मानन्धरले विद्यालयलाई शुभकामना व्यक्त गरेका थिए ।

jutta mela

विनासकारी भूकम्पबाट ध्वस्त सो विद्यालयमा चीन सरकारले बनाइदिएको नयाँ आधुनिक भवन यही कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरेकी थिइन् । नयाँ भवनमा प्रयोगशाला र कम्प्युटर ल्याब उपलब्ध भए पनि हालको विषम स्थितिमा अनलाइन कक्षाका लागि ल्यापटप र मोबाइलको आवश्यकता परेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए ।

You might also like

Comments are closed.